
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दुई पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार आज मात्रै प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित मध्य पोखराका १३ जना रहेका छन् ।
निर्देशनालयले पछिल्लो पटक जारी गरेको (दोस्रो) विज्ञप्ति अनुसार गण्डकीमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अन्तर्गत कास्कीका ५ जना, स्याङ्जाका ३ जना, तनहुँका ११ जना, बाग्लुङका ८ जना र पर्वतका ४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, पोखरा ११ की ३६ वर्षीया महिला र पोखरा १४ की २३ वर्षीया महिला रहेका छन् ।
यस्तै स्याङजा विरुवाका ३० वर्षीय पुरुष र वालिङ ४ का १९ र ४४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
यता तनहुँको व्यास ३ का २३ वर्षीय पुरुष र व्यास १० का ५ वर्षीय बालकसहित ४८ वर्षीय पुरुष तथा १८ र ४१ वर्षका महिलामा कोरोना पुष्टि भएको छ । भानु २ का २८ वर्षीय पुरुष, ५ का ३६ वर्षीय पुरुष, आँवुखैरेनी ३ का ८ वर्षीया बालिका र ३३ वर्षीया महिला, आवुंखैरेनी २ की ५९ वर्षीया महिला र देवघाट ५ का ५९ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी बाग्लुङको काठेखोला ७ का २१ वर्षीय पुरुष तथा ५१ वर्षीया महिला, गल्कोट ५ का ३१ वर्षीय पुरुष तथा जैमिनी ४ का २७ र ५४ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष तथा ६ का १८ र ५२ वर्षीय पुरुष एवं पर्वतको कुश्मा १ का ५० वर्षीय पुरुष तथा कुश्मामा नेपाल आर्मीमा कार्यरत २१, २९ र ३३ वर्षका ३ पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।
यसअघि निर्देशनालयले बुधबार पहिलो पटक जारी गरेको अध्यावधिक विवरण अनुसार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्कीका ९ जनासहित लमजुङका ५ जना, तनहुँका ४ जना, स्याङ्जाका ३ जना, बाग्लुङका २ जना तथा म्याग्दी र नवलपरका १/१ जना गरी प्रदेशमा २५ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ८ र अन्नपूर्ण गाउँपालिकाका १ जनामा कोरोना देखिएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगर १७ का २६ वर्षीया महिला, १५ का ६५ वर्षीय पुरुष, २० का २० र ३२ वर्षीय दुई पुरुष, १० का ७ वर्षीया बालिका र ३१ वर्षीय पुरुष, १५ का ३९ वर्षीय पुरुष, २७ का ७४ वर्षीया महिला तथा अन्नपूर्णका ३२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै नवलपुरको बौदीकाली २ का २७ वर्षीय पुरुष, स्याङ्जाको वालिङ ११ का ३९ वर्षीय पुरुष, ४ का ४३ वर्षीय पुरुष, गल्याङ २ का ३१ वर्षीय पुरुष, म्याग्दी बेनी ३ का ३० वर्षीय पुरुष, तनहुँको व्यास २ का ५३ वर्षीय पुरुष, भिमाद ३ का २६ र ३६ वर्षीय दुई पुरुष, १ का २६ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल १० का ३५ वर्षीया महिला, ६ का १० वर्षीया बालिका तथा १६, ५८ र ३० वर्षका ३ पुरुष एवं बाग्लुङ बडीगाड १ का २६ वर्षीया महिला र बाग्लुङ १३ का ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार कास्की जिल्ला र लमजुङ जिल्लाका व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् भने अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टीनमा बसेका हुन् ।
बुधबार गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त भई ६१ जना डिस्चार्ज भएका छन् । यससँगै गण्डकीमा निको हुनेको संख्या २ हजार ३२९ पुगेको छ । हालसम्म प्रदेशमा ३२ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । हाल प्रदेशमा १ हजार २१८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७५६ परिक्षण भएको छ भने हालसम्म गण्डकीमा ६४ हजार ८९५ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।


