
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४ पुगेको छ । प्रदेशमा बिहीबार (आज) मात्रै २५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहीबार कास्कीको पोखराका ३ जना, नवलपुरका १९ जना र स्याङ्जाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयले जारी गरेको पछिल्लो (दोस्रो) विज्ञप्ति अनुसार नवलपुरका १९ जना र स्याङ्जाका ३ जना गरी २२ जनामा कोरोना देखिएको छ ।
संक्रमित हुनेमा नवलपुरको कावासोती ९ का ८ वर्षीय बालक र ३९ वर्षीय पुरुष, २ का ९ वर्षीया बालिका र ६५ वर्षीय पुरुष, ३ का ९ वर्षीय बालक, भारतबाट आएका कावासोती ८ का ४२ वर्षीय पुरुष, १६ का ३० वर्षीय पुरुष, ५ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै गैंडाकोट ४ का २६ वर्षीया महिला, १३ का ६३ वर्षीया महिला, ३ का ८६ वर्षीय पुरुष, १५ का ३० वर्षीय पुरुष, ९ का २८ वर्षीया महिला, २ का २५, ५० र ८० वर्षका ३ जना महिला तथा ३४ वर्षीय पुरुष र बिनयत्रिबेणी ३ का ४२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जा भिरकोट ५ का ३९ वर्षीय पुरुष, पुतलीबजार १३ का ३५ वर्षीय पुरुष र वालिङ १ का १८ वर्षीया महिलामा कोरोना देखिएको छ ।
निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३ जना कोरोना संक्रमित थपिएका थिए ।
बिहान पोखरा महानगरपालिकाका ९ का ४२ वर्षीय पुरुष तथा १० का ३२ र ३४ वर्षका दुई पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १३० जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा निको हुनेको संख्या २ हजार ४५८ पुगेको छ भने ३२ जनाको मृत्यु भइसकेको छ । हाल प्रदेशमा १ हजार ११३ जना सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार २४ घण्टामा ८८० परिक्षण भएको छ भने हालसम्म प्रदेशमा ६५ हजार ७७५ परिक्षण भएको छ ।


