विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघ्यो, ३ करोड २४ लाख संक्रमित

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ८७२ जनाको मृत्यु भएसँगै मृतक संख्या ९ लाख ८७ हजार १५६ पुगेको हो ।

यस्तै २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ ।

हालसम्म विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

त्यस्तै दोस्रो प्रभावित भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ भने त्यहाँ ९२ हजार ३१७ संक्रमितको मृत्यु भइसकेको छ ।

यसैगरी तेस्रो प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ८३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: