गण्डकीका थप ४१ जनामा कोरोना पुष्टि, पोखरामा १६ जना थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ ।

शुक्रबार (आज) मात्रै अहिलेसम्म पोखराका १६ जना सहित प्रदेशमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरका १६ जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखराको भाटभटेनीमा कार्यरत पोखरा १७ का २४ वर्षीय पुरुष तथा २८ वर्षीय पुरुष, पोखरा २७ का ५९ र ६० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा २९ का ४९ वर्षीय पुरुष ३० का २१ वर्षीय पुरुष, पोखरा ३१ का १६ वर्षीय पुरुष, ४० वर्षीय पुरुष, १३ वर्षीया बालिका, २० वर्षीया महिला, पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष एवं माछापुच्छ्रे गाउँपालिका ६ की २६ वर्षीया महिला रहेका छन् ।

यसैगरी लमजुङका ३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा सुन्दरबजार ५ का ३० वर्षीय पुरुष तथा ७ का २९ वर्षीय पुरुष, राईनाश २ का भारतबाट आएर क्वारेन्टीनमा बसेका २१ बर्षीय पुरुष रहेका छन् ।

यता गोरखाका १२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा पालुंगटार १ का १३, १५ र ३७ वर्षका पुरुष तथा १५, १९, ३४ र ३५ वर्षका महिला, बारपाक सुलिकोट ८ का १८ वर्षीय पुरुष र ३० वर्षीया महिला, गण्डकी ५ का ३३ वर्षीय पुरुष, भीमसेन ३ का २४ र ३३ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै नवलपुरका ९ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा गैँडाकोट ८ का ७१ वर्षीय पुरुष, ५ का ७० वर्षीय, ४ का ३४ वर्षीय, २ का २६ र ६० वर्षीय, ३ का ४० वर्षीय, १४ का ५७ र ४९ वर्षीय तथा ६ का २४ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: