
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ४५३ महिला र ८६० पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँका ५०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरका ९१ जना, मोरङका ६९ जना, चितवनका ६७ जना, रुपन्देहीका ६१ जना, महोत्तरीका ५५ जना, भक्तपुरका ५१ जना, सर्लाहीका ३९ जना, बाँकेका ३२ जना, सुनसरीका २८ जना, अछाम र बझाङका २५/२५ जना, नवलपुरका २४ जना, कास्कीका १९ जना, गोरखाका १६ जना, पर्साका १५ जना, झापा र सल्यानका १४/१४ जना, सिराहा र प्युठानका १३/१३ जना, धनुषाका ११ जना र बाराका १० जनामा कोरोना देखिएको छ ।
मकवानपुर, दाङ र सुर्खेतका ९/९ जना, बाग्लुङका ८ जना, काभ्रेपलाञ्चोकका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६/६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४/४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३/३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई १४ सय ५५ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।
हाल देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित छन्। यीमध्ये १० हजार ५२ होम आइसोलेसनमा छन् भने ८ हजार २३७ जना संस्थागत आइसोलेसनमा छन्। क्वारेन्टीनमा ६ हजार ४६४ जना रहेका छन् । आईसीयुमा २२७ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत छन् ।
२४ घण्टामा १२ हजार २६२ परिक्षण भएको छ भने हालसम्म ९ लाख ६८ हजार १८५ जनाको परीक्षण भएको छ।
