नेपालमा १२०७ कोरोना संक्रमित थपिए, ११४७ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा १२ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४११ महिला र ७९६ पुरुष गरी १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार सबैभन्दा धेरै काठमाडौँका ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङ र ललितपुरका ७८/७८ जना, रुपन्देहीका ७३ जना, भक्तपुरका ६३ जना, बाँकेका ३० जना, दाङका २८ जना, पर्साका २४ जना, सुनसरीका २३ जना, काभ्रेपलाञ्चोक र मकावनपुरका १७/१७ जना, सिन्धुली र डोटीका १५/१५ जना, अछामका १३ जना, चितवनका १२ जना, सप्तरीका ११ जना, कास्की र नवलपरसीका १०/१० जनामा कोरोना भाइरस देखिएको छ ।

झापा, धादिङ, रामेछाप र बर्दियाका ७/७ जना, रौतहट र रोल्पाका ६/६ जना, गुल्मी, प्युठान र दार्चुलाका ५/५ जना, धनुषा, बारा, सर्लाही, सिन्धुपाल्चोक, तनहुँ र स्याङ्जाका ४/४ जना, गोरखा, कपिलवस्तु र पाल्पाका ३/३ जना, भोजपुर, नुवाकोट, अर्घाखाँची र बझाङका २/२ जना तथा उदयपुर, सोलुखुम्बु, महोत्तरी, सिराहा, दोलखा, नवलपुर, लमजुङ, बाग्लुङ, सल्यान, कञ्चनपुर र बैतडीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यो कुल संक्रमितको ७३.८ प्रतिशत हो ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन्। यीमध्ये १० हजार ५०८ होम आइसोलेसनमा छन् भने ७ हजार ८३३ जना संस्थागत आइसोलेसनमा छन्। क्वारेन्टीनमा ६ हजार ३३१ जना रहेका छन् । आईसीयुमा २२४ जना र भेन्टिलेटरमा २७ जना उपचाररत छन् ।

२४ घण्टामा १० हजार १९ परिक्षण भएको छ भने हालसम्म ९ लाख ७८ हजार २०४ जनाको परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: