नेपालमा थप १५ सय ७३ जनामा कोरोना पुष्टि, ८८५ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५२४ महिला र १ हजार ४९ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँका मात्र ६३३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मोरङका १५२ जना, ललितपुका १०४ जना, चितवनका ८३ जना, सुर्खेतका ७६ जना, भक्तपुरका ७२ जना, रुपन्देहीका ४७ जना, बर्दिया र बाँकेमा ३३/३३ जना, बाग्लुङका ३२ जना, दाङका ३० जना, कास्कीका २८ जना, बझाङका २४ जना, बारा र लमजुङका २०/२० जना, पर्साका १७ जना, रौतहटका १६ जना, कञ्चनपुरका १३ जना र सल्यानका १२ जनामा कारोना देखिएको छ ।

सप्तरी र नवलपूरका ८/८ जना, कपिलवस्तुका ६ जना, रोल्पाका ५ जना, तनहुँ र दैलेखका ४/४ जना, झापा, स्याङजा, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोक, सुनसरीका ३/३ जना, गुल्मी, प्युठान र अछामका २/२ जना तथा भोजपुर, धुनषा, सर्लाही, सिरहा, धादिङ, मकवानपुर, रसुवा, रामेछाप, गोरखा, बैतडी, नलवपरासी, डोटी र अर्घाखाँचीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा ५३ हजार ८९८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.४ प्रतिशत हो।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ६९८ जना छन्। मन्त्रालयका अनुसार हाल ६ हजार २८१ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २२५ जना र भेन्टिलेटरमा ३३ जना उपचाररत छन् ।

आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: