२४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा जिल्लाका ३ महिला र ७ पुरुष को मृत्यु भएको हो ।

सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया महिलाको मृत्यु पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

यस्तै मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय तथा बाँकेका ५३ र ३९ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।

हाल देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ७०७ जना छन्। हाल ६ हजार ३१० जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २१३ जना र भेन्टिलेटरमा ३४ जना उपचाररत छन् ।

आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: