मंगलबार पोखराका २६ सहित गण्डकी प्रदेशमा ४१ जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ३३ पुगेको छ ।

आज (मंगलबार) मात्रै कास्कीको पोखरा महानगरपालिकाका २६ जनासहित गण्डकीमा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दुई पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार दिउँसो पोखराका १२ जना सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका संक्रमित हुनेमा पोखरा १ का ३५ वर्षीय पुरुष, पोखरा ६ का १९ वर्षीय पुरुष, पोखरा ७ का २३, २७ र २९ वर्षीय पुरुष, पोखरा १० का ३१ वर्षीय पुरुष, पोखरा ११ का ३९ वर्षीय पुरुष, पोखरा १३ का ५९ वर्षीय पुरुष, पोखरा १७ का ३८ वर्षीय पुरुष, पोखरा २६ का २६ वर्षीय पुरुष र पोखरा २९ का २९/२९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै तनहुँमा ४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको व्यास ४ का ३० र ४३ वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष तथा म्याग्देका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी स्याङजामा ३ जनामा कोरोना देखिएको छ । जिल्लाको पुतलीबजारका १७ र ३० वर्षीय पुरुष र आँधिखोलाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यता गोरखाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा गोरखा नगरपालिकाका १७ र ३२ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् ।

यसैगरी नवलपुर वैदीकाली २ का ४७ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्ति अनुसार मंगलबार बिहान गण्डकी प्रदेशमा १८ जनामा कोरोना पुष्टि भएको थियो ।

निर्देशनालयका अनुसार कास्कीको पोखराका १४ जना र नवलपुरको बिनयत्रिवेणीका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा पोखरामहानगरपालिका वडा नं. ५ का ९ वर्षीया बालिका सहित १४ र ३६ वर्षीय पुरुष, वडा नं. ८ का ४९ वर्षीय पुरुष, वडा नं. १७ का २४, ३१ र ६१ वर्षीय पुरुष तथा ५५ र ५६ वर्षीया महिला, वडा नं. १५ का ३३ र ५६ वर्षीया महिला र ३४ वर्षीय पुरुष, वडा नं. १३ का २४ वर्षीय पुरुष, वडा २० का ८३ वर्षीय पुरुष कोरोना संक्रमण देखिएको छ ।

यस्तै नवलपुरको बिनयत्रिवेणी वडा नं. ३ का ७० वर्षीया महिला र १२ वर्षीय बालक तथा वडा नं. ४ का २६ र ५९ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ३८ जना कोरोना संक्तमणमुक्त भएका छन् । यससँगै गण्डकीमा निको हुनेको संख्या २ हजार ७३५ पुगेको छ । अहिलेसम्म प्रदेशमा ३३ जना संक्रमितको मृत्यु भई सकेको छ । हाल प्रदेशमा १ हजार ६५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार २४ घण्टामा ३९२ परिक्षण भएको छ भने हालसम्म प्रदेशमा ६८ हजार ९४२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: