
काठमाडौँ । नेपालमा थप १५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै काठमाडौँ जिल्लाका ६९७ जना रहेका छन् ।
यस्तै ललितपुरका ११२ जना, मोरङका ९८ जना, भक्तपुरका ९३ जना, रुपन्देहीका ७० जना, चितवनका ६२ जना, नवलपुरका ४५ जना, सुर्खेतका ४१ जना, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७ जना, कैलालीका २३ जना, झापाका १९ जना, पर्साका १७ जना, कास्कीका १६ जना, गोरखाका १५ जना, महोत्तरीका ११ जना तथा बारा र बर्दियाका १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेका ९ जना, धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७ जना, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
यसैगरी २४ घण्टामा १ हजार ५७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख २१ हजार ५०३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा सुनसरी, काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र मुगु रहेका छन् ।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। हाल ५ हजार ४२८ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २०१ जना र भेन्टिलेटरमा ३० जना उपचाररत छन् ।
