
काठमाडौँ । नेपालमा बिहीबार थप ११ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ वटा जिल्लाका १ महिला र १० पुरुषको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बाँकेका ३४ वर्षीया महिला, काठमाडौँका ७८ र ६८ वर्षका दुई पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, ललितपुरका ४८ वर्षीय पुरुष, सुनसरीका ५६, ५० र २७ वर्षका तीन पुरुष तथा रुपन्देहीका ४२, ५५ र ८० वर्षका तीन पुरुषको मृत्यु पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
आज १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। हाल १० हजार ७५१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन ११ हजार ६९ जना छन्। हाल ५ हजार ७७ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २२० जना र भेन्टिलेटरमा २५ जना उपचाररत छन् ।
