कोभिड–१९ः आइतबार गण्डकीमा १६० कोरोना संक्रमित थपिए, १ को मृत्यु, ३७ जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा आइतबार (आज) मात्र १ सय ६० कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज नवलपुरमा सर्वाधिक ९९ जना सहित प्रदेशका ७ जिल्लाका १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयले आज ५ पटकसम्म विज्ञप्ति जारी सो बारे जानकारी दिएको हो ।

पछिल्लो पाँचौं विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार बेलुका प्रदेशका नवलपुर, बाग्लुङ, तनहुँ र गोरखा गरी ४ जिल्लाका ५६ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नवलपुरका मात्रै ३६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्लाको गैंडाकोटका वडा नं. ९ का २६ वर्षीय पुरुष र वडा नखुलेको ४० वर्षीय पुरुष, मध्यविन्दुका वडा नं. २ का ३८ वर्षीय पुरुष, वडा नं. ८ का ४० र ७२ वर्षका पुरुष, वडा नं. ७ का १३ वर्षीया बालिका, देवचुली वडा नं. २ का ७९ वर्षीय पुरुष, वडा नं. ६ का २५ वर्षीय पुरुष, वडा नं. ७ का ६८ वर्षीया महिला, वडा नं. ११ का ८ वर्षीय बालक सहित २४, २८, २५, ३६, २४, ३५, २७, २० र ३५ वर्षका पुरुष, वडा नं. १२ का ४४ वर्षीय पुरुष, वडा नं. १३ का १७, ३६, ६१, ५५, ३६, २६ र ५५ वर्षका पुरुष तथा १४ वर्षीया बालिका सहित ४०, ४७, २८ र ५९ वर्षका महिला, वडा नं. १४ का २६ वर्षीय पुरुष, वडा नं. १५ का ५१ वर्षीय पुरुष, वडा नं. १७ का ३६ वर्षीय पुरुष र वडा नखुलेका २५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बाग्लुङका १५ जनामा कोरोना संक्रमण दखिएको छ । संक्रमित हुनेमा जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. २ का ३८, ३३, ३४, ३४, २७, ३२, ३२, २९, २७, २६, ३६ र २६ वर्षका पुरुष, वडा नं. ३ का २७ वर्षीय पुरुष, वडा नं. ७ का ३६ वर्षीय पुरुष रहेका छन् ।

तनहुँमा ४ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा जिल्लाको व्यास वडा नं. ३ का ४६ वर्षीया महिला र ३५ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ४ का १८ वर्षीय पुरुष र ३५ वर्षीय पुरुष रहेका छन् ।

यता गोरखा जिल्लाको पालुङ्टार वडा नं. ५ का ४० वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको छ ।

चौथो विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा तनहुँको आबुखैरेनी ६ का २४ वर्षीय पुरुष, बन्दीपुर ४ का ५७ वर्षीय पुरुष र १ का ४५ वर्षीय पुरुष तथा देबघाट ५ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपुर गैंडाकोटा १ का ४५ वर्षीय पुरुष, २ का ५२ वर्षीया महिला, ८ का ३० वर्षीय पुरुष, १२ का २८ वर्षीय पुरुष, मध्यविन्दु ७ का ६७ वर्षीय पुरुष, ११ का ६८ वर्षीया महिला, कावासोती ३ का ३३ वर्षीय पुरुष, ८ का ४४ वर्षीय पुरुष, १५ का ३१ र ६१ वर्षका पुरुष, हुप्सेकोट ३ का १७ वर्षीया महिला तथा बुलिङटार ४ का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

तेस्रो विज्ञप्ति अनुसार प्रदेशका ६ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा कास्की जिल्लाको पोखरा महानगरपालिका ८ का २४ वर्षीय पुरुष, १० का ३६ वर्षीय पुरुष, ३५ र ४२ वर्षका पुरुष, लमजुङ जिल्लाको बेसीसहर ४ का ५६ वर्षीय पुरुष, तनहुँ जिल्लाको व्यास १० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यस्तैगरी दोस्रो विज्ञप्ति अनुसार गण्डकी प्रदेशका ४ जिल्लाका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका नवलपुर, बाग्लुङ, स्याङ्जा र तनहुँ गरी ४ जिल्लाका ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा नवलपुर जिल्लाको मध्यविन्दु अस्पतालमा कार्यरत ३५, २६, ५८ र २९ वर्षका ४ पुरुष तथा ३१ वर्षीया महिला गरी कर्मचारी रहेका छन् ।

यस्तै नवलपुरकै देबचुली १७ का ५६ वर्षीय पुरुष, बिनयत्रिवेणी १ का ४३ वर्षीय पुरुष, २ का ४३ वर्षीय पुरुष, ४ का ३६ र ४४ वर्षीय पुरुष, कावासोती ८ का ६२ वर्षीय पुरुष, १६ का ४१ वर्षीय पुरुष, १४ का ३२ वर्षीय पुरुष, गैंडाकोट २ का २०, २१, ३० वर्षका महिला, ८ का ३४ वर्षीय पुरुष, ५ का ४३ वर्षीया महिला, २५ र ३५ वर्षका पुरुष, ७ का २२ वर्षीया महिला, ४ का १८, २० र ४१ वर्षका महिला, ११ का ४७ वर्षीया महिला र ४९ वर्षीय पुरुष रहेका छन् ।

यता बाग्लुङ जिल्लाको जैमिनी ४ का २४ र ३६ वर्षका पुरुष, स्याङ्जा वालिङ १० का ४५ वर्षीय पुरुष तथा तनहुँ जिल्लाको व्यास १ का ३८ वर्षीय पुरुष, ९ का ६५ वर्षीया महिला, ३५ र ३६ वर्षका पुरुष, २ का ३४ र ३६ वर्षका पुरुष, ११ का ३८ वर्षीया महिला, ५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पहिलो विज्ञप्ति अनुसार गण्डकी प्रदेशका ४३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

आइतबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा प्रदेशका ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

निदैशनालयका अनुसार तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका २४, २६, ४७ वर्षीया महिला तथा २८ र ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संक्रमित हुनेमा लमजुङ जिल्ला सुन्दरबजार नगरपालिकाका ४२ वर्षीय पुरुष, २२ र ४५ वर्षीया महिला, लमजुङको राइनास नगरपालिका ९ का ३३ वर्षीय पुरुष, दोर्दी १ का ४२ वर्षीया महिला छन् ।

यस्तै नवलपुर जिल्ला देवचुली नगलपालिका वडा नं २ का ४८ वर्षीय पुरुष, वडा नं ९ का १९ वर्षीय पुरुष, वडा नं ११ का २७ वर्षीय पुरुष, वडा नं १३ का ४५ वर्षीय पुरुष, वडा नं १७ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको गैडाकोट नगरपालिका वडा नं १ का ३० वर्षीया महिला, वडा नं २ का ४० वर्षीया महिला, ५१ र ५५ वर्षीय पुरुष, वडा नं ४ का ४० वर्षीय पुरुष र ५० वर्षीया महिला, वडा नं ५ का २६ वर्षीय महिला, वडा नं ८ का ३८ र ४६ वर्षीया महिला वडा नं ९ का २१ वर्षीय पुरुष, वडा नं १० का ५४ वर्षीय पुरुष, वडा नं ११ का २४ वर्षीया महिला, वडा नं १६ का ५६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपुरकै विनय त्रिवेणी वडा नं २ का ३६ वर्षीय पुरुष, वडा नं ४ का ५० वर्षीय पुरुष, कावासोती नगरपालिका वडा नं ८ का ६४ वर्षीय पुरुष, वडा नं १४ का ३७ वर्षीया महिला, वडा नं १५ का २८ वर्षीया महिला, वडा नं १६ को ३२ र ३९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

तनहुँको देवघाट गाउँपालिका वडा नं २ का २३ वर्षीय पुरुष, वडा नं ४ का ८० वर्षीय पुरुष, व्यास नगरपालिका वडा नं २ का ३९ वर्षीय पुरुष, वडा नं ११ का २६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी गोरखा पालुङटार नगरपालिका वडा नं ९ का ५० वर्षीया महिला, स्याङ्जा जिल्ला कालिगण्डकी वडा नं ५ का २८ वर्षीय पुरुष, बाग्लुङ काठेखोला गाउँपालिका वडा नं २ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १७५ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ८ सय ८२ पुगेको छ । प्रदेशमा आज ३७ जना डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । निर्देशनालयका अनुसार नवलपुर बिनयत्रिबेणी २ दुम्कीबासका ३६ वर्षीय कोरोना संक्रमित युवकको शनिबार मृत्यु भएको हो । असोज १२ गते भरतपुर अस्पतालमा भर्ना भएका युवकमा १३ गते कोरोना पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचार भइरहेकोमा उपचार कै क्रममा असोज १७ गते शनिबार दिउसो ४ः५० मा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४८ परिक्षण भएको छ । हालसम्म ७१ हजार ९५६ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: