कोरोना भाइरसः एकैदिन १९ जनाको मृत्यु, २४ सय ४० संक्रमित थपिए, ११ सय ३३ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। एकैदिनमा १९ जना संक्रमितको मृत्यु पुष्टि भएको नेपालमा यो नै पहिलोपटक हो।

पछिल्लो २४ घण्टामा ८ जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ९ जनाको मृत्यु भएको छ। काठमाडौँका ७६, ८१ र ८३ वर्षीया गरी ३ महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना गरी ६ पुरुषको मृत्यु भएको छ।

यस्तै सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ। यो कुल संक्रमितको ०.६२ प्रतिशत छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौँका ११ सय ७८ जना रहेका छन् ।

यस्तै ललितपुरका २५० जना, सुनसरीका १२२ जना, भक्तपुर र चितवनका १०३/१०३ जना, रौतहटका ८४ जना, नवलपुरका ६६ जना, रुपन्देहीका ५८ जना, मोरङका ५५ जना, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३ जना, सुर्खेतका ३० जना, बाँकेका २२ जना, बाग्लुङका १८ जना, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५ जना, अर्घाखाँचीका १३ जना, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८/८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा मात्र ११ सय ३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ६५ हजार २०२ जना संक्रमित उपचारपछि निको भएका छन्।

हाल संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । १२ हजार ३१६ होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना छन् । उनीहरुमध्ये आईसीयुमा २४४ जना र भेन्टिलेटरमा ४३ जना उपचाररत छन् ।

कमेन्ट गर्नुहोस्
Share: