
काठमाडौँ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । यससँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।
भारत कोरोना भाइरसबाट विश्वकै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
