पोखराका २३ सहित गण्डकीमा थप ४५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरपालिकाका २३ सहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की जिल्लाको पोखरा महानगर पालिकाको १० वटा वडामा २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा नेपाल प्रहरीमा कार्यरत पोखरा वडा नं. ७ का ३७ र ४५ वर्षीय पुरुष, पोखरा वडा नं. ९ का ३४ र ४२ वर्षीय पुरुष, वडा नं. १० का ४८ वर्षीय पुरुष र ६३ वर्षीया महिला, वडा नं. १४ का १२ वर्षीया बालिका र ४८ वर्षीय पुरुष, १५ का २५ वर्षीया महिला र वडा नं. १७ का २४, ३३, ३६, ३७ र ४७ वर्षका पुरुष, वडा नं. २० का २४, ३९, ५१ र ७३ वर्षीया महिला तथा ४६ र ५८ वर्षीय पुरुष, वडा नं. २५ का २३ वर्षीया महिला, वडा नं. २८ का ३१ वर्षीय पुरुष र वडा नखुलेका २० वर्षीय पुरुष रहेका छन् ।

यस्तै लमजुङ जिल्लाको सुन्दर बजार वडा नं. ६ का ४९ वर्षीय पुरुष तथा २९, ३८ र ४८ वर्षका पुरुष, वडा नं. ७ का ४० वर्षीय पुरुष र ३० वर्षीया महिला, वडा नं. ९ का २८, ३६ र ४० वर्षका पुरुष तथा २७, ३०, ३२ र ३५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पर्वत जिल्लाको कुश्मा वडा नं. १ का ६० पुरुष र ४ का ३३ वर्षीय पुरुष, तनहुँ जिल्लाको घिरिङ वडा नं. ४ का २० वर्षीय पुरुष तथा भिमाद वडा नं. ६ का १८, २०, ३७ र ३८ वर्षका पुरुष र गोरखा जिल्लाको भिमसेन थापाका वडा नं ७ का ४२ वर्षीय पुरुष र वडा नं ८ का ४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: