
काठमाडौँ । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ ।
प्रदेश सभाको मंगलबार बसेको वैठकले प्रदेशको नाम र प्रदेशको स्थायी राजधानीको नाम टुङ्गाएको हो । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ । यो मत दुई तिहाई भन्दा बढी हो ।
प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थियो भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर पनि ५ जना सांसदले पक्षमा मतदान गरेका थिए ।
संसदमा रहेका ८५ सांसद मध्ये ८३ जना उपस्थित रहेका थिए ।
