९ वर्षदेखि फरार प्रतिवादी गुरुङ पक्राउ

Share:

पोखरा । प्रहरीले बैदेशिक रोजगार ठगी मुद्दाका ९ वर्षदेखि फरार प्रतिवादी कास्की पोखरा १६ अर्मलाका वर्ष ४० को हेम प्रसाद गुरुङलाई पक्राउ गरेको छ ।

उनलाई वि.सं. २०६८ साउन ८ गते अदालतले दुई वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना फैसाला गरेको थियो । उक्त फैसाला पश्चात उनी फरार रहेका थिए ।

गुरुङलाई आज (मंगलबार) बिहान ०८ः०५ बजेको समयमा प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: