
पोखरा । पोखरा महानगरपालिकाका ५ सहित गण्डकी प्रदेशमा फेरी ३७ कोरोना संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपाचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बिहीबार दिउँसो प्रदेशको कास्की सहित ४ जिल्लाका ३७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
संक्रमित हुनेमा कास्की जिल्लाको पोखरा महानगर वडा नं. ४ का २६ वर्षीय पुरुष, वडा नं. ६ का २५ वर्षीय पुरुष, वडा नं. १० का ३७ वर्षीय पुरुष, वडा नं. १७ का ४० र ४३ वर्षीय पुरुष रहेका छन् ।
यस्तै तनहुँ जिल्लाको व्यास वडा नं. २ का ४५ वर्षीया महिला, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. ३ का ३० वर्षीय पुरुष, वडा नं. ४ का ११ र १४ वर्षका बालिका, वडा नं. ५ का २०–२०, २२, २५, ३४ वर्षका पुरुष, वडा नं. ६ का ५२ वर्षीय पुरुष, सोही नगरपालिका वडा नखुलेका २५ र २७ वर्षका पुरुष तथा ६० वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
नवलपुर जिल्लाको कावासोती वडा नं. ८ का २५ वर्षीया महिला, वडा नं. १६ का ३० वर्षीय पुरुष, नवलपुरकै विनयत्रिवेणी वडा नं. ४ का ३९ र ५३ वर्षका पुरुष, देवचुली वडा नं. १ का ४६, ५० र ६३ वर्षका पुरुष तथा ५३ वर्षीया महिला, वडा नं. ३ की ३२ वर्षीया महिला, वडा नं. ५ का ४४ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं. ८ का ४५ वर्षीय पुरुष, वडा नं. १२ की २९ वर्षीया महिला, वडा नं. १३ का २५ वर्षीय पुरुष, वडा नं. १५ का ३६ र ५१ वर्षका पुरुष र वडा नखुलेका २७, ३२ र ४१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ४ हजार ४ सय ४७ पुगेको छ ।
