
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार (आज) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका स्थित चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा ८ का ७८ वर्षीय वृद्धको बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
वृद्धको बुधबार स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
विगत ३ दिन देखि वृद्धमा ज्वरो, झाडापखाला र रुघाखोकी लगायतका समस्या देखिएको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
हालसम्म प्रदेशमा मृत्यु हुने संक्रमितमा कास्कीका १२, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
११९ संक्रमित थपिए
यसैगरी, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६१७ पुगेको छ । शुक्रबार मात्रै पोखराका ४३ जना सहित गण्डकी प्रदेशमा ११९ कोरोना संक्रमित थपिएसँगै प्रदेशमा कुल संख्या ४ हजार ६१७ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार ४ पटक सम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
पछिल्लो (चौथो) विज्ञप्ति अनुसार तनहुँ जिल्लामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार तनहुँको व्यास वडा नं. १ का २९ वर्षीय महिला र ३३ वर्षीय पुरुष, वडा नं. २ का २१ वर्षीया महिला तथा २६, २७–२७, २८ र २९ वर्षका पुरुष, वडा नं. ३ का ३८ वर्षीया महिला, २६, ४३ र ५१ वर्षका पुरुष, वडा नं. ४ का ३८–३८ वर्षका महिला र शुक्लागण्डकी वडा नं. ७ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै तेस्रो विज्ञप्ति अनुसार कास्कीका ११ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार कास्की, तनहुँ र म्याग्दीका थप २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १ का २९ वर्षीय पुरुष तथा २४ र २७ वर्षीया महिला, पोखरा वडा नं. ५ का ३८, ४१ र ४७ वर्षीय पुरुष, वडा नं. ८ का ६ र १६ वर्षीय बालक, पोखरा वडा नं. ९ का २२ वर्षीय पुरुष, पोखरा वडा नं. १७ का ३५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का ४१ वर्षीय पुरुष तथा ९ का २२ वर्षीय पुरुष रहेका छन् ।
तनहुँ जिल्लाको नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा व्यास वडा नं. १ का ३७ वर्षीय पुरुष, वडा नं. २ का १२ वर्षीय बालक सहित ५३ वर्षीय पुरुष, वडा नं. ४ का २७ वर्षीय पुरुष, वडा नं. ५ का २८ वर्षीय पुरुष, वडा नं. ८ का २५ वर्षीय पुरुष, वडा नं. १० का ८ वर्षीय बालक सहित ३४ वर्षीय पुरुष तथा २८ र ४० वर्षीया महिला, म्याग्दी जिल्लाको वेनी वडा नं. २ का ८ र १० वर्षीय बालक तथा २८ वर्षीया महिला, वडा नं. ९ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी दोस्रो विज्ञप्ति अनुसार प्रदेशका ६ जिल्लामा ३९ कोरोना संक्रमित थपिएका छन् ।
निर्देशनालयका अनुसार कास्कीका ८, स्याङ्जाका ३, गोरखाका १५, तनहुँका ११, बाग्लुङ र म्याग्दीका १,१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ की ५० वर्षीया महिला, ४ वडा नं. का ३७ वर्षीय पुरुष, वडा नं. ११ का ५५ वर्षीय पुरुष, वडा नं. १२ का ३७ वर्षीय पुरुष, वडा नं.१४ का ४० र ४३ वर्षीय पुरुष, वडा नं.१७ का ४५ वर्षीय पुरुष र वडा नं. १८ का २२ वर्षीय पुरुष रहेका छन् ।
स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नं. ३ का २९ वर्षीय पुरुष, वडा नं. ११ का २० वर्षीय पुरुष, वडा नं. १४ का २१ वर्षीय पुरुष, बागलुङ जिल्लाको वरेङ वडा नं. ४ का १७ वर्षीय पुरुष, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ६ का ४२, २५, २२, २९, ३३, ३०, ३७, ३७, ३२, ३७, २४, २५, २२ र ३१ वर्षका १४ जना पुरुष र २२ वर्षीया महिला गरी १५ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै तनहुँ जिल्लाको वन्दीपुर वडा नं. १ का १८ र ४२ वर्षीय पुरुष तथा ३ वर्षीया बालिका र २२ वर्षीया महिला, वडा नं. २ की २३ वर्षीया महिला, शुक्लागण्डकी वडा नं. ४ का ३२ वर्षीय पुरुष, वडा नं. ५ की ३२ वर्षीया महिला तथा ३२ र ३९ वर्षीय पुरुष, वडा नं. ६ का ४१ वर्षीय पुरुष, वडा नं. ८ का २३ वर्षीय पुरुष, म्याग्दी जिल्लाको मालिका वडा नं. ५ की ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्ति अनुसार शुक्रबार दिउँसो कास्की सहित ५ जिल्लाका ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
निर्देशनालयका अनुसार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै लमजुङका ३, तनहुँका ५, गोरखाका १ र नवलपुरका २ जनामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा पोखरा वडा नं. ८ का ५५ वर्षीया महिला, वडा नं. ९का ४४ वर्षीया महिला, वडा नं. २७ का ३६ वर्षीय पुरुष, वडा नं. २९ का २५, ४३ ४६ र ६० वर्षका पुरुष, वडा नं. ३० का ३८ वर्षीय पुरुष, वडा नं. ३१ का ६० वर्षीय, वडा नं. ३२ का १६ र ३८ वर्षका पुरुष, पद्म नर्सिङ अस्पतालमा कार्यरत चिकित्सक ६२ वर्षीय पुरुष, जिएमसी अस्पतलमा उपचाररत २४ र ८१ वर्षका पुरुष, चरक अस्पतालमा उपचाररत ६०, ६६, ८५, ७८ र ४७ वर्षका ५ पुरुष तथा २५, ४९, ५५ र ६० वर्षका ४ महिला एवं ३२ वर्षका एकजना रहेका छन् ।
यसैगरी लमजुङको सुन्दरबजारका ३१ र ३९ वर्षका पुरुष तथा ५३ वर्षीया महिला, तनहुँको व्यास २ का ४२ र ५९ वर्षका दुई जना, ३ का ३४ वर्षीय पुरुष र २४ वर्षीया महिला, ४ का ३२ वर्षीय पुरुष, गोरखा पालुङटार ८ का ४० वर्षीय पुरुष, नवलपुर कावासोती २ का ४५ वर्षीय पुरुष र ८ का ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज प्रदेशमा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोनामुक्त हुनेको संख्या ३ हजार २२७ पुगेको छ ।
हाल प्रदेशमा १ हजार ३५२ संक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा ८४३ जनाको परिक्षण भएको र हालसम्म ७५ हजार २ जनाको परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
