
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।
चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।
चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कमेन्ट गर्नुहोस्
