
काठमाडौँ । डा.गोविन्द केसीले १९ औँ आमरण अनसन २८ दिनमा तोडेका छन् । शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार बिहान अनसन तोडेका हुन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
डा.केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको थियो ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका थिए ।
अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था नाजुक भएकाले थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ ।
डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे मागहरु राख्दै गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौँ ल्याइएको थियो ।
डा. केसी र सरकारबीच भएको सहमति यस्तो छः


