
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
हल्का ज्वरो आएपछि उनको शनिबार स्वाब संकलन गरिएको थियो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको उनको निजी सचिवालयलले जनाएको हो।
हाल मन्त्री पोखरेलको अवस्था सामान्य रहेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
