
पोखरा । गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाका एक र तनहुँका ३ जनाको मृत्यु पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भई असोज २६ गते अस्पताल भर्ना भएकी स्याङजा भिरकोट २ की ५२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ः३४ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट तनहुँ भिमाद ६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते, भिमाद– ६ कै ७५ वर्षीय पुरुषको बी एण्ड बी अस्पताल काठमाडौँमा असोज २४ गते तथा भिमाद ६ कै अर्का ९८ वर्षीय पुरुषको मेडीसिटी अस्पताल काठमाडौँमा असोज २५ गते मृत्यु भएको जानकारी गराएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ८, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।
