भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो, १ लाख ११ हजारको मृत्यु

Share:

काठमाडौँ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ ।

त्यहाँ हालसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । भारत कोरोना संक्रमणबाट सबैभन्दा बढी दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: