
काठमाडौँ । नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६०३ जना महिला र २७८९ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
आज (शुक्रबार) थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौँ उपत्यकाका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा ३ हजार ५२२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यो कुल संक्रमितको ६९.७९ प्रतिशत हो।
२४ घण्टामा १६ हजार ५३१ नमुना परीक्षण गरिएको र हालसम्म १२ लाख ५४ हजार १६७ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् । अहिले १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४६ होम आइसोलेसनमा छन्। ७७ जना भेन्टिलेटरमा र ३१५ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।हाल क्वारेन्टीनमा ४ हजार ८०८ जना रहेका छन् ।
