
काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९५ लाख नाघेको छ ।
शनिबार बिहानसम्मको तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमित संख्या ३ करोड ९५ लाख ७३ हजार ४३ पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।
हालसम्म २ करोड ९६ लाख ५३ हजार ४३४ संक्रमित निको भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव ९३३ प्रतिशत हो ।
सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमित संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् भने त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या २ लाख २३ हजार ६४४ पुगेको छ ।
त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् भने त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ ।
