पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु, गण्डकीमा मृतक संख्या ५० पुग्यो

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ५६ वर्षीया महिलाको मृत्यु पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि आइसोलेसन वार्डमा उपचारका क्रममा शुक्रबार (हिजो) राति ९ः१५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको शुक्रबार नै स्वाब संकलन गरी संकलन गरिएकोमा शनिबार (आज) रिपोर्ट पोजेटिभ आएको हो । उनी शुक्रबार नै अस्पताल भर्ना भएकी थिइन् । उनमा कोभिड–१९ सँगै अन्य समस्या पनि रहेको जनाइएको छ ।

यससँगै प्रतिष्ठामा कोरोनाले मृत्यु हुनेको संख्या १४ पुगेको निर्देशनालयले जनाएको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या भने ५० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: