
पोखरा । गण्डकी प्रदेशमा सोमबार बिहान फेरी ११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की १ र स्याङ्जाका १० जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराको ल्यावमा कार्यरत ल्याव असिस्टेन्ट २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङ्जा भिरकोटका २०, ८७, २२, १८, २८ र ७० वर्षका पुरुष तथा ५१, २६, २५ र २७ वर्षका महिलामा कोरोना संक्रमण देखिएको छ ।
यसअघि बिहानै पोखराका २४ जना सहित गण्डकी प्रदेशमा ५६ कोरोना संक्रमित थपिएका थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७९७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
