
पोखरा । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना भाइरस संक्रमण भएको छ ।
गायक न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू सहित आफ्नी श्रीमती भगवती न्यौपानेलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले आफन्तलाई कोरोना पुष्टि भएपछि आफू केही समयदेखि होम आइसोलेसनमा नै रहेको र आइतबार आफू सहित श्रीमतीलाई समेत कोरोनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।
उनले आफू र श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् ।
साथै सम्पर्कमा रहेकाह र शंका लगेकाहरुलाई रोग नलुकाएर होम आइसोलेसनमा बस्न, आफू र आफ्नो परिवार तथा समाजलाई बचाउन समेत उनले आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
