नेपालमा एकैदिन ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा एकैदिन थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित कोरोना मिडिया ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो बारे जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५१ जना महिला र ३५९२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ३१०७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

यसैगरी २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ। यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।

यस्तै २४ घण्टामा २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । यो कुल संक्रमितको ६८.८ प्रतिशत हो ।

हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ११८ नमुना परीक्षण भएको र हालसम्म १३ लाख ३४ हजार ८९७ परिक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: