सार्वजनिक यातायातमा भाडादर नटाँसे कारबाही गरिने

472
0
Share:

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएको छ।

सार्वजनिक गाडीले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न भाडादर टाँस्नुपरेको महाशाखाले जनाएको छ । यस्तै यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

हिजो शुक्रबार देखि अभियानकै रूपमा थालनी गरी चार सय २९ वटा सवारी साधनहरूमा भाडादर टाँसेको महाशाखाले जनाएको छ । यो अभियानलाई आज पनि निरन्तरता दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: