
पोखरा । चुरोट सल्काउँदा आगो लागेर पोखरामा ४ जना घाइते भएका छन् ।
शनिबार बिहान ४ बजेतिर पोखरा महानगर १९ पुरनचौरस्थित सीता गौतमको घरमा आगो लागेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उक्त घरमा डेरा गरी बस्ने गोरखाका ५४ वर्षीय शेरबहादुर गुरुङले चुरोट सल्काउने क्रममा ग्यास लिक भइरहेको कारण आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागिमा परी शेरबहादुर सहित उनकी पत्नी ४५ वर्षिया देउ कुमारी गुरुङ, छोरा १५ वर्षीय कृष्ण गुरुङ र भाइ ३७ वर्षीय मन बहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । घाइते मध्ये शेर बहादुर र देउ कुमारीको अवस्था मध्यम रहेको र अन्य २ जनाको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
