कास्कीमा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पाखरा । कास्कीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ निवासी ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत ती पुरुषको शनिबार राति ११ः३० बजे मृत्यु भएको हो ।

यससँगै प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने संख्या २४ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: