पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्कीको पोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।

कार्तिक ११ गते कारोना संक्रमण पुष्टि भई उक्त अस्पताल भर्ना भएका ती पुरुषको आइतबार बिहान ११ः५५ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २५ पुगेको छ । यसअघि प्रतिष्ठानमा आजै कास्की अन्नपूर्णका संक्रमित पुरुषको मृत्यु भएको थियो ।

हाल गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: