
पोखरा । कास्कीका ६० जना सहित गण्डकी प्रदेशमा ९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार हालसम्म ३ पटक सम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
संक्रमित हुनेमा कास्कीका ६० जना सहित गोरखाका ३३ जना, लमजुङका २ जना तथा बाग्लुङ, तनहुँ, नवलपुर र स्याङ्जाका १/१ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित मध्य ५९ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना अन्नपूर्ण गाउँपालिकाका हुन् ।
निर्देशनालयले जारी गरेको पछिल्लो (तेस्रो) विज्ञप्ति अनुसार कास्कीका १० र स्याङ्जाका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २ का ६५ वर्षीय पुरुष तथा १३ वर्षीया बालिका सहित ३७ वर्षीया महिला, वडा नं.४ का ४७ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, वडा नं.१० की ३६ वर्षीया महिला, वडा नं.१२ का २८ वर्षीया पुरुष, वडा नं.१७ का १८ वर्षीया पुरुष, वडा नं.३० की २४ वर्षीया महिला, वडा नखुलेका २० वर्षीय पुरुष र स्याङ्जा भिरकोट वडा नं.२ का ६१ वर्षीय पुरुष रहेका छन् ।
यस्तै दोस्रो विज्ञप्ति अनुसार कास्कीका १० जना र गोरखाका ३२ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.३ की ५० वर्षीया महिला, पोखरा महानगरपालिका वडा नं.८ का २४ र ५३ वर्षका पुरुष, वडा नं.१५ का ६४ वर्षीय पुरुष, वडा नं.२५ का ३८ र ५० वर्षका पुरुष तथा ३५ र ३९ वर्षका महिला, वडा नं.२८ का १८ र ४० वर्षका महिला, गोरखाको जिल्ला प्रशासन कार्यालय, गोरखाका ४४ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, आपपिपल अस्पतालका २३ वर्षीय पुरुष, अजिरकोट वडा नं.१ की ३० वर्षीया महिला, वडा नं.२ की २८ वर्षीया महिला, वडा नं.४ का १३ वर्षीय बालक सहित ४२, २३, १८ र १९ वर्षका पुरुष, आरुघाटकी ३९ वर्षीया महिला, गोरखा नगरपालिका वडा नं. ६ का ३१ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.९ का ९ वर्षीय बालक सहित २६ र २५ वर्षीय पुरुष तथा ५१, १६ र २४ वर्षका महिला, वडा नं.१० का ३२ र ५६ वर्षीय पुरुष, पालुङटार वडा नं.१ का २३ र ४० वर्षका महिला, वडा नं.२ का ५५, २८ र २६ वर्षका पुरुष, वडा नं.५ का २५ र ५५ वर्षका पुरुष, शहिद लखन वडा नं.२ का २४ र ३० वर्षका महिला, वडा नं.३ का ५१ वर्षीय पुरुष र वडा नं. ६ का २० वर्षीय पुरुष रहेका छन् ।
यसैगरी पहिलो विज्ञप्ति अनुसार कास्कीका ४० जना, लमजुङका २ जना तथा बाग्लुङ, गोरखा, तनहुँ र नवलपुरका १/१ जना गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २२ र ५२ वर्षका पुरुष तथा ४५ वर्षीया महिला, वडा नं. २ का ५५ र ६३ वर्षका महिला, वडा नं. ५ का ३४ र ६७ वर्षका पुरुष तथा ११ वर्षीया बालिका, वडा नं. ६ का २६, १८, ४२ र ४० वर्षका पुरुष तथा ६१ वर्षीया महिला, वडा नं. ८ का ६७, ८७, ३३ र ४० वर्षका पुरुष, तथा ५५, ६३, ३२ र ४८ वर्षका महिला, वडा नं. ९ की ४० वर्षीया महिला, वडा नं. ११ का १२ वर्षीय बालक सहित ४१ र ४८ वर्षका पुरुष तथा २७ र ३५ वर्षका महिला, वडा नं. १२ का ३१ वर्षका पुरुष तथा ६० र ६५ वर्षका महिला, वडा नं. १३ की ४२ वर्षीया महिला, वडा नं. १४ की ३४ वर्षीया महिला, वडा नं. १६ का ५५ वर्षीय पुरुष तथा २८ र ४५ वर्षका महिला, वडा नं. १७ का ५७ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं. २० का ४० वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ की ७२ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं. ४ की ४० वर्षीया महिला, लमजुङका २८ र २९ वर्षका पुरुष, तनहुँको शुक्लागण्डकी वडा नं. ५ का ४० वर्षीय पुरुष एवं नवलपुर गैंडाकोट वडा नं. १ का ३८ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार ८३९ पुगेको छ ।
