कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेता इस्बाको निधन

298
0
Share:

काठमाडौँ । कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) को निधन भएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष समेत रहेका ६३ वर्षीय इस्बोको मंगलबार बिहान निधन भएको हो ।

२७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि उनी १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए ।

निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।

उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्
Share: