
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार १८६७ पुरुष र १२४७ महिला गरी ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १६६ पीसीआर परीक्षण भएको छ । हालसम्म १४ लाख ८० हजार ९७८ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर क्वारेन्टीनमा रहनेको संख्या १२७७ रहेको छ ।
