आज देशभर कस्तो रहन्छ मौसम?

Share:

पोखरा । देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको मौसमविदले बताएका छन् ।

अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने मौसम बाँकी भू–भागका सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

यस्तै राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: