पोखराका ११० सहित गण्डकी प्रदेशमा १६० जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका ११० सहित गण्डकी प्रदेशमा १६० जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार दिउँसो गण्डकीका कास्की सहित ५ वडा जिल्लाका थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिकाका मात्रै ११० जना रहेका छन् ।

यस्तै स्याङ्जाका १६ जना, तनहुँका १५ जना, म्याग्दीका १३ जना र लमजुङका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार २६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: