
म्याग्दी । म्याग्दीमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दीको बेनी नगरपालिका ९ काउलेगौँडा बस्ने वर्ष ४४ को लोक बहादुर खत्री सोही वडाको गलेश्वर स्थित राहुघाट खोलाको किनारमा खोंचमा अल्झिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार अन्दाजी ९ः३० बजे स्थानिय देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
