
पोखरा । गण्डकी प्रदेशमा बिहीबार २७९ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार कास्कीका १३३ जना सहित नवलपुरका १०९ जना, पर्वतका १४ जना, तनहुँका १३ जना, गोरखामा ४ जना, तथा बाग्लुङ, स्याङजा र लमजुङका २/२ जना गरी कूल २७९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीमा थपिएका संक्रमित मध्ये ३ जना अन्नपूर्ण गाउँपालिकाका हुन् भने, अन्य १३० जना संक्रमित पोखरा महानगरपालिकाका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५४३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै गण्डकीमा कोरोना जितेर घर फर्किनेको संख्या ४ हजार ८०२ पुगेको छ ।
यसैगरी पोखरामा उपचाररत तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत तनहुँ व्यास ५ की ८२ वर्षीया संक्रमित महिलाको बिहीबार बिहान ७ः०० बजे मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।
हाल प्रदेशमा ३ हजार ६४५ सक्रिय संक्रमित रहेका छन् ।
प्रदेशमा २४ घण्टामा ९०३ परिक्षण भएको र हाल सम्म ९३ हजार ८ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
