विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ३८ हजार नाघ्यो, ४ करोड ९० लाख बढी संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ३८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र ८ हजार ७०७ जनाको मृत्यु भएसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ । कुल संक्रमित मध्ये हालसम्म ३ करोड ४९ लाख ७४ हजारभन्दा बढी निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: