
काठमाडौँ । नेपालमा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा १०३० जना, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ।
नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ४५०० जना संक्रमणमुक्त भएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१५३ जनाको पीसीआर परीक्षण भएको छ। यो सहित हालसम्म कुल १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण भएको छ।
हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। ८३ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
