कास्की ४२ सहित गण्डकी प्रदेशमा थप १४० जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ४२ सहित गण्डकी प्रदेशमा आइतबार थप १४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार हालसम्म ५ वटा विज्ञप्ति जारी गरी प्रदेशका ९ वटा जिल्लाका थप १४० जनामा कोरोना देखिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै ४० जना छन् भने २ जना मादी गाउँपालिकाका हुन् ।

यस्तै नवलपुरका ५८ जना, लमजुङका १२ जना, पर्वतका ८ जना, स्याङ्जाका ७ जना, म्याग्दी र मुस्ताङका ४/४ जना, तनहुँका ३ जना र गोरखाका २ जना रहेका छन् ।

थपिएका संक्रमित सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ९ हजार १५८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: