लौह पुरुष गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

292
0
Share:

काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज (सोमबार) मनाइँदैछ।

नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौँको शोभा भगवतीमा उनको शालिकमा माल्यार्पण गरी मनाइँदैछ ।

सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले विभिन्न भर्चुअल कार्यक्रमको आयोजना गरेका छन्।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा वि.सं. २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ।

सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।

यसैबीच गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमानको जन्म जयन्तीको अवसर पारेर आजदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण वितरणसँगै जनचेतनामूलक अभियान शुरु गर्ने प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: