पोखराका १३० सहित गण्डकी प्रदेशमा थप १९७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अन्तर्गत कास्की सहित ७ वटा प्रदेशका १९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीका १३० जना, नवलपुरका २९ जना, स्याङ्जाका १६ जना, तनहुँका १३ जना, गोरखाका ४ जना, पर्वतका ३ जना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ३५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरबाट ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ९४६ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: