
म्याग्दी। पौडी खेल्ने क्रममा सोमबार म्याग्दी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
म्याग्दीको मंगला गाउँपालिका–५ छिस्बाङ स्थित टिकाबाङ निवासी १६ वर्षीय शंकर बिकको खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
सोमबार दिउँसो १ः२० बजे पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएका हुन् ।
विकको खोजीकार्यका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
