कोरोनाले तनहुँमा थप एक जनाको मृत्यु

Share:

तनहुँ । कोरोना भाइरस संक्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ ।

तनहुँको भिमाद नगरपालिका वडा नं.९ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कार्तिक १२ गते कोरोना पुष्टि भएका ती पुरुषको २० गते मृत्यु भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीले भने आज पुष्टि गरेको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: