गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो प्रदेशका ४ जिल्लाका ३३ जनामा कोरोना लेखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्की र पर्वतका १०,१० जना, गोरखाका ७ जना र तनहुँका ६ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १० का २९ वर्षीय पुरुष, वडा नं.१७ का २४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.२७ की २४ वर्षीया महिला, वडा नखुलेका २०, ३३, ४८, ६५, २७ र ४५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै पर्वतको पैयुका ४१, ६०, २६, २२, ४७ र ५२ वर्षीय पुरुष तथा ३२, २१, २९ र ५३ वर्षीया महिला, गोरखाको अजिरकोट र का २२, ३३ र ३२ वर्षीया महिला तथा ३४ वर्षीय पुरुष, जिल्ला अस्पताल, गोरखामा ५२ र ४० वर्षीय पुरुष तथा २७ वर्षीया महिला, तनहुँको व्यास ७ की २१ वर्षीया महिला, भिमादका २४, ४० र ४२ वर्षीय पुरुष तथा ३२ र ६३ वर्षीया महिला रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ५२१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: