कोरोनाः नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो, ११७४ को मृत्यु, १ लाख ६२ हजार बढी संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा सबै भन्दा धेरै काठमाडौँका ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरका २०४ जना, मोरङका १६८ जना, कास्कीका १३० जना, सुनसरीका ११८ जना, दाङका १०५ जना, झापा र धनुषाका ९८/९८ जना, भक्तपुरका ८१ जना, रुपन्देहीका ७३ जना, काभ्रेका ५५ जना, नुवाकोटका ४१ जना, मकवानपुर ३७ जना, पाल्पाका ३१ जना, कैलालीका २९ जना, बाग्लुङ र अर्घाखाँचीका २२/२२ जना, पाँचथरका २० जना, सिन्धुपाल्चोक, धुनषा र तनहुँका १८/१८ जना, उदयपुर, गोरखा, बाँकेका १७/१७ जना, सिराहा, पर्वत  र डोटीका १६/१६ जना, चितवन र दोलखाका १५/१५ जना, नवलपरासीका १४ जना, सप्तरीका १२ जना, बर्दियाका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

धादिङ, रामेछाप र रोल्पाका ९/९ जना, संखुवासभा, गुल्मी र कञ्चनपुरका ८/८ जना, रौतहट र सल्यानका ७/७ जना, बारा, दैलेख र डोटीका ६/६ जना, ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुली, नवलपुर, स्याङ्जा, प्युठानका ५/५ जना, इलाम, महोत्तरी, कपिलवस्तु र जुम्लाका ४/४ जना, भोजपुर, सोलुखुम्बु र रसुवाका ३/३ जना, कालीकोट, जाजरकोट, सुर्खेत र डडेलधुराका २/२ जना तथा खोटाङ, धनकुटा, लमजुङ, डोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतक संख्या ११७४ पुगेको छ ।

हालसम्म नेपालमा १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । हाल ११०९ जना क्वारेन्टीनमा रहेका छन् ।

२४ घण्टामा १००८१ परिक्षण भएको छ । हालसम्म भने १५ लाख ७४ हजार २९५ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: